काठमाडौं– १० वर्षे माओवादीको सशस्त्र संघर्षमा पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईसहित लोकेन्द्र विष्ट मगर पनि सँगसँगै थिए ।
तर, समय क्रमसँगै केही वर्ष अघि सक्रिय राजनीति छाडेर पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर कृषि क्षेत्रमा कर्म गरिरहेका छन् । सक्रिय राजनीति राजनीति छाडेर खेतीपातीमा व्यस्त रहेका उनले आइतबार प्रचण्ड र बाबुरामले गरेको व्यवहारबारे सामाजिक सञ्जालमा लेखेका छन् ।
पोखरा विमानस्थलमा प्रचण्ड र बाबुरामले गरेको व्यवहारले आफ्ना आदर्श स्खलित भएको उल्लेख गरेका उनले आफूले राजनीतिबाट अवकास लिनु परेको बताएका छन् ।
के लेखेका छन् विष्टले?
मेरो आदर्श स्खलित भएको दिन!
एकदिन पोखरा एयरपोर्टमा क.प्रचण्ड र क. बाबुरामसङ्ग थिए म, भिआइपी कक्षमा। मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिए। सारमा ‘लगाउन,खान र चल्न नजान्ने’ भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो!
आफूसङ्ग पैसा पनि थिएन। भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी। त्यस्तै तीन वर्ष जति भएको हुँदो हो। ‘आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम।’ हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो। आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर (भोगेर भन न न न..चक्कर आयो) तर,समालिएर बसे र अडीए! यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ! म उल्लु रहेछु,धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो!
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।