काठमाडौं– पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले आफ्नो (प्रेम सम्बन्ध) बारे सञ्चारमाध्यममा आएका कुरा सत्य नभएको बताएकी छन्।
उनले विषयवस्तु नखुलाईकन ‘मेरो बारेमा केही कुरा छापिएको भनेर सुनें’ भन्दै त्यो कुरा सत्य नभएकाले नपत्याइदिन सबैसँग आग्रह गरेकी हुन्।
वास्तवमा उनले भन्न खोजेको आफूले प्रेमी रोजिसकेको भनेर सञ्चारमाध्यममा आएका कुरा नपत्याउन आग्रह गरेकी हुन्।
गत बिहीबार जनआस्था साप्ताहिकले पूर्णिकाले प्रेमी रोजिसकेको खबर छापेको थियो। त्यो समाचार विभिन्न अनलाइनले पनि साभार गरेका छन् । साथै सामाजिक सञ्जालमा समेत यसबारे व्यापक चर्चा भइरहेको छ ।
यसै विषयमा स्पष्टीकरण दिँदै पूर्णिमाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश सार्वजनिक गरेकी हुन्।
मुसुमुसु हाँस्दै र लजाउँदै पूर्णिकाले भनेकी छन्, ‘मेरो बारेमा केही कुरा छापिएको भनेर सुनें, यो कुरामा केही सत्यता छैन र सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्छु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।