सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीको दाबी प्रति भारतको आपत्ति, विजेपीले गर्यो निन्दा

ओलीको दाबी प्रति भारतको आपत्ति, विजेपीले गर्यो निन्दा

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 6.2K
    SHARES

  • ओलीको दाबी प्रति भारतको आपत्ति, विजेपीले गर्यो निन्दा

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले आपत्ति जनाएको छ। ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको भनेर दिएको अभिव्यक्तिप्रति बिजेपीले निन्दा गरेको हो।

    सोमबार भानु जयन्तीका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई थियो।

    बिबिसीका अनुसार प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई भाजपाले ‘राजनीतिक विवाद उक्साउने र भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम’ भन्दै निन्दा गरेको छ।

    भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन्। भारतीय समाचार संस्था आइएएनएसले ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर टिप्पणी गरेको छ।

    नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको ओलीको अभिव्यक्तिलाई देशभित्रकै मानिसहरूले विश्वास नगरेको समाचारमा उल्लेख गरिएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७०९:४२:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend