सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना माहामारी झनैं भयानक हुँदै जाने खतरा : डब्लूएचओ

कोरोना माहामारी झनैं भयानक हुँदै जाने खतरा : डब्लूएचओ

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 5.8K
    SHARES

  • कोरोना माहामारी झनैं भयानक हुँदै जाने खतरा : डब्लूएचओ

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना माहामारीको संकट अझै खराब भएर जान सक्ने चेतावनी दिएको छ । सुरक्षाका आधारभूत नियमहरूको पालना नगरेमा विश्वव्यापी कोरोना भाइरस महामारी संकट गहिरिँदै जाने डब्लूएचओले चेतावनी दिएको हो ।

    डब्लूएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोम घेब्रेसेसले सोमबार जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन्, ‘मलाई सोझो भन्न दिनुहोस् कि धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन् । कोरोना भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ र यसो संकट खराब हुँदै जान सक्छ ।’

    उनले देशहरूले यो महामारी नियन्त्रणका लागि ‘आधारभूत कुराहरुलाई पालना’ नगर्ने हो भने महामारी जारी रहने र यो झनै खराब बन्दै जाने बताए । अहिले थुप्रै कमजोरी रहेको भन्दै उनले यस किसिमले हुन नहुने बताए ।

    ‘धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उनले चेतावनी दिँदै भने, ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखिँदैन, तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् । यसमा गम्भीर हुनुहोस् ।’ एजेन्सी ।

     

    महामारीको चपेटामा फसिरहेको जनजीवनलाई पूर्णतः बन्द नगरिकनै वा एउटा लकडाउनदेखि अर्को लकडाउनसम्म नघिस्रिकनै पनि यो भाइरसमाथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी रहेको टेड्रोसको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७०८:०७:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend