आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजदेखि वर्षा केही कम हुने

आजदेखि वर्षा केही कम हुने

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 4.4K
    SHARES

  • आजदेखि वर्षा केही कम हुने
     

    काठमाडाैं - मनसुनी न्यून चापीय रेखा केही दक्षिण (भारततर्फ) सरेकाले हिजो/अस्तिको तुलनामा आज (मंगलबार) देखि वर्षा केही कम हुने मौसमविद्ले अनुमान गरेका छन्। यसअघि न्युनचापिय रेखा नेपाल नजिक रहेको थियाे ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने बागमती, गण्डकी, ५, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

    यस्तै दिउँसो पनि देशका केही स्थानमा यस्तै किसिमको वर्षा जारी रहने तथा राति प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    यसअघिको वर्षाको पानी जमिन भिजिसकेको हुनाले सामान्य वर्षाले पनि पहिरो जाने तथा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ।

    यस्तो छ महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान:
    असार ३० गते मंगलबार
    दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राती: देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

    असार ३१ गते बुधबार
    दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गणडकी, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

    राती: देशभर देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

    साउन १ गते बिहीबार
    दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

    राती: देशभर देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    देशका केही स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७०७:२८:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend