कामठमाडौं - कोरोना भाइरसको माहामारीका बीच पनि गाईजात्रा विशेष कार्यक्रमले निरन्तरता पाउने भएको छ । यसवर्ष टेलिभिजन, युट्युबलगायतका डिजिटल प्लेटफर्मबाट गाइजात्रा प्रशारण हुने भएको हो ।
आगामी आगामी साउन १५ गतेदेखि गाईजात्र कार्यक्रम सञ्चालन हुने आयोजक ब्राण्डवर्थ प्रालिले जनाएको छ । गाइजात्रा कार्यक्रममा कलाकारहरु शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्रसहितका कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।
कार्यक्रममा सुरेन्द्र केसी, शिवशंकर रिजाल जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, दीपकआचार्य ‘काकु’, रवी डंगोल, पुर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईयाँ’, सन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दाहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, रत्नावली शर्माले पनि आफ्नो हास्य व्यंग्य प्रस्तुती दिने आयोजक संस्थाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।