काठमाठौं - प्रधानमन्त्री केपी शर्मा ओली आदिकवि भानुभक्तले लगाउने बिर्के टोपी लगाएर मन्त्रिपरिषद बैठकमा सहभागी भएका छन् । साझ ७ बजे बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली कालो रंगको बिर्खे टोपीका साथ उपस्थिति भएका हुन् ।
सोमबार २०७ औँ भानु जयन्ती हो । यसै अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा पनि ओलीले उक्त टोली लगाएका थिए । कालो रंगको बिर्खे टोपी आदिकवि भानुभक्त आचार्यको चिनारीका रुपमा लिइन्छ ।
तनहुँको भानु नगरपालिकाले आदिकविको सम्मानका लागि कार्यालय समय र औपचारिक कार्यक्रममा बिर्के टोपी अनिवार्य गराएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।