सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अनलाईन न्युज पोर्टल रोक्ने कम्युनिस्ट सरकारको संकेत

अनलाईन न्युज पोर्टल रोक्ने कम्युनिस्ट सरकारको संकेत

  • मिडिया डबली
  • सोमवार, आषाढ २९ २०७७

  • 3.3K
    SHARES

  • अनलाईन न्युज पोर्टल रोक्ने कम्युनिस्ट सरकारको संकेत

    काठमााडैं - नेपाल कम्युनिस्ट र्पाी नेकपाका अर्थ सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अनलाईन न्युज पोर्टल दर्ता रोक्ने संकेत गरेका छन् । उनले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताउँदै यस्ताे संकेत गरेका हुन् । अनलाइनको गुणस्तरभन्दा संख्या मात्रै वृद्धि भइरहेको भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए।

    सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकररण कार्यक्रममा बोल्दै उनले अहिले प्रतिदिन एक वटा अनलाइन दर्ता हुने गरेको बताएका छन् ।

    उनले भने, ‘एक दिनमा एउटा अनलाइन दर्ता हुने रहेछ यसरी कसरी होला ? कति अनलाइन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाइन चाहिने हो की ? क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराई र चौडाईमा जाने हो की संख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ।’

    खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताए। बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २९ २०७७०७:१५:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend