काठमाडौं - नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय योजना आयोग प्रधानमन्त्री केपी शर्मा ओलीको गुट बनेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले अध्यक्ष केपी ओलीले गुटमा मात्र सञ्चालन गरेको बताएका हुन् ।
सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको भर्चुअल गोष्ठिमा बोल्दै नेता खनालले यस्तो भनेका हुन् । ओलीले गुट चलाएकै कारणले नेकपामा अन्तरविरोध पैदा भएको, सङ्कट पैदा गरेको विचार व्यक्त गरेका छन् । “यसबीचमा तीनवटा नीति, कार्यक्रम आए । पार्टीमा छलफल गरिएन । गुटमा मात्रै छलफल भयो,” उनले भने ।
उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न नसकेको आरोप समेत लगाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।