सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीविरुद्ध गर्जिदै खनालले भने, ' दुईतिहाइको बहुमत ओलीले खाइदिए'

ओलीविरुद्ध गर्जिदै खनालले भने, ' दुईतिहाइको बहुमत ओलीले खाइदिए'

  • मिडिया डबली
  • सोमवार, आषाढ २९ २०७७

  • 7.6K
    SHARES

  • ओलीविरुद्ध गर्जिदै खनालले भने, ' दुईतिहाइको बहुमत ओलीले खाइदिए'

    काठमाडौं - नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीविरुद्ध खनिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ओलीलाई सरकार र पार्टीको नेतृत्व गर्न दिइरहने हो भने पार्टी जरैसम्म कमजोर हुने बताएका छन् ।

    सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको भर्चुअल गोष्ठिमा बोल्दै नेता खनालले यस्तो भनेका हुन् । उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् ।

    कार्यक्रममा बोल्दै उनले भने, “प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर पनि त्यो भइरहेको छैन । अनियमितता व्याप्त छ, नेकपाले प्राप्त गरेको दुई तिहाइ बहुमत ओलीले खाइदिनुभयो । अब त्यो प्राप्त गर्न सम्भव छैन । सरकार पुनःगठन गरेर जानुपर्छ । पार्टी पनि पुनःगठन गरेर जानुपर्छ,”

    त्यस्तै नेता खनालले नेकपाले प्राप्त गरेको बहुमत ओलीले ‘खाइदिएको’ बताउँदै अब त्यसको पुनरागमन नहुने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २९ २०७७०६:४२:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend