आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बीपी स्मृति दिवस सप्ताहव्यापी रूपमा मनाइने

बीपी स्मृति दिवस सप्ताहव्यापी रूपमा मनाइने

  • मिडिया डबली
  • सोमवार, आषाढ २९ २०७७

  • 7.1K
    SHARES

  • बीपी स्मृति दिवस सप्ताहव्यापी रूपमा मनाइने

    काठमाडौं - यस वर्षपनि बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाइने भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले हरेक वर्ष साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउदै आएको थियो, सोही अनुसार यसवर्षपनि साताव्यापी रुपमा मनाउने भएको हो ।

    तरुण दलकेन्द्रीय कार्यसमितिले बीपी स्मृति दिवसका अवसरमा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी मनाउँने निर्णय गरेको छ । दलका अध्यक्ष जितजंग बस्नेतले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर सप्ताहव्यापी मनाइने बताएका छन् ।

    तरुण दलले स्मृति दिवसका अवसरमा मनाइने कार्यक्रमहरू तय गरेर जिल्लाहरूलाई परिपत्र पनि गरिएको छ । दलले गरेको परिपत्र यस्तो छ ।

    प्रस्तुत विषयमा महामानव बीपी कोइरालाको ३८औं स्मृति दिवस यही मिति २०७७ साउन ६ गते साप्ताहिक रूपमा विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरू गरी मनाउने नेपाल तरुण दल केन्द्रीय समितिको निर्णय भएको जानकारी गराउँदै त्यस जिल्ला समितिले तपसिलका कार्यक्रमहरू गरी÷गराई मनाउन यो परिपत्र गरिएको छ ।

    तपसिल :
    १- नेपाली कांग्रेस जिल्ला समितिले आयोजना गर्ने कार्यक्रममा सम्पूर्ण तरुणहरूलाई सहभागी गराउने ।
    २- बीपी स्मृति दिवस वृक्षरोपण, सरसफाइ, रक्तदान, फलफूल वितरण, अन्तर्क्रियाजस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू गरी साप्ताहिक रूपमा मनाउने ।
    ३- कोभिड–१९ को प्रभावित जिल्लामा भएका क्वारेन्टिनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्ने÷गराउने र यससम्बन्धी सचेतना फैलाउने ।
    ४- स्थानीय प्रशासन एवं निकायहरूसँग समन्वय गरी बाढी–पहिरो प्रभावित जिल्लाका साथीहरूले पीडित जनतालाई सहायता वितरण, उद्धार र पुनःस्थापनामा क्रियाशील रहने ।
    ५- कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सजगता, प्राकृतिक विपत् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने ।
    ६। बीपी स्मृति दिवस भव्य र व्यापक रूपमा मनाउन जिल्लाका सम्पूर्ण तह ९क्षेत्र, महानगर, नगर, गाउँपालिका र वडा समिति० का समितिहरूलाई परिपत्र गरी निर्देशन गर्ने ।
    ७- त्यस जिल्लामा गरिएका सम्पूर्ण कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनुहोला ।

    नोट स् अनिवार्य रूपमा मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरी कोभिड–१९ बाट आफू पनि बचौं र अरूलाई पनि बचाऔँ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २९ २०७७०६:२८:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend