आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

१४ बर्षपछि पक्राउ परे दम्पती हत्याका मुख्य अभियुक्त, यस्तो रहेछ नालिबेली

१४ बर्षपछि पक्राउ परे दम्पती हत्याका मुख्य अभियुक्त, यस्तो रहेछ नालिबेली

  • मिडिया डबली
  • सोमवार, आषाढ २९ २०७७

  • 9.3K
    SHARES

  • १४ बर्षपछि पक्राउ परे दम्पती हत्याका मुख्य अभियुक्त, यस्तो रहेछ नालिबेली

    काठमाडौं– सीतापाइलामा एक दम्पतीको हत्या गरी फरार रहेका मुख्य अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन्।

    प्रहरीले घटना घटेको १४ वर्षपछि मुख्य अभियुक्तलाई पक्राउ गरेको हो। काठमाडौं सीतापाइलास्थित कान्तिपुर मिलका सञ्चालक मोरङ डाँगीहाट गाविस–८ का ४५ वर्षीय नातीकाजी सुवेदी र उनकी श्रीमती ४४ वर्षीय सानु सुवेदीको २०६३ पौष २० गते हत्या भएको थियो।

    सोही मिलमा काम गर्ने सर्लाहीका जय किशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी ती दम्पतीको हत्या गरेर फरार रहेको प्रहरीले बताएको छ।

    तीमध्ये साहलाई आइतबार बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय गरी सुराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत आदि बिधि अपनाएर ती मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएको ब्युरोले जनाएको छ। ब्युरोले यो हत्याकाण्डलाई प्राथमिकतामा राखी निरन्तर छानविन गरेको बताएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २९ २०७७०४:३९:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend