जुलाई ६ मा भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसहितका भारतीय विशेष प्रतिनिधि र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको वार्ताले सकारात्मक परिणामहरु ल्याएको छ ।
३ हजार ४८८ किलोमिटरको एलओसीमा उक्त वार्तापछि दुबै पक्षबीचको तनाव कम भएको छ । आक्रोशमा रहेको चीनको पिपुल्स लिब्रेशन आर्मीले पाङ्गोङ साओको फिङ्गर फोरमा आफ्नो उपस्थितिलाई कम गरेको छ ।
त्यसैगरी गलवान क्षेत्रबाट पनि चिनियाँ सेना पछि हट्ने क्रममा छ । गोर्गा र हट स्प्रिङ क्षेत्रमा पनि अप्रिलमा अघि बढेको चिनियाँ सेना पछि हट्ने तयारीमा रहेको छ ।
विगत तीन सातादेखि दुबै मुलुकबीच लद्दाखदेखि अरुणाञ्चलसम्म करिब ३० हजार सेना आमनेसामने भएकोमा अहिले स्थिति सामानय बन्दै गएको छ । राष्ट्रिय सुरक्षा योजनाकारहरुका लागि यो सन्तुष्टिको विषय हो । तर, जून १५ को हिंसात्मक झडपपछि द्विपक्षीय विश्वासमा भने संकटको स्थिति सिर्जना भएको छ ।
बेइजिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्वास दिलाउने प्रयास गरिरहेको छ । सुपर पावर मुलुकबाट शक्ति प्रदर्शनका क्रममा सन् २०१७ को दोक्लामपछि सन् २०२० मा भएको रणनीतिक गल्ती भएको भन्दै भारतलाई मनाउने प्रयासमा रहेको छ ।
तर प्रधानमन्त्री नरेन्द्र मोदीले भने वुहान र चेन्नेइ वार्तामाजस्तो हतार नगरी यस विषयमा सयौंपटको सोच्नेछन् । चीनको विस्तारवादको नीतिलाई भारतले प्रतिरोध गरिदिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२० मा भारतमाथि गरेको शक्ति प्रदर्शनले आफैं पछि हट्नु परेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा सवत्र भएकोबाट पनि बुझ्नुपर्छ कि आर्थिक, सामरिक र प्राविधिक विषयमा मात्र महान होइनन् ।
ती कुराहरुको सही सदुपयोग गर्न आवश्यक छ । प्रधानमन्त्री मोदी लद्दाखको लेह पुगेरै पनि चिनियाँ विस्तारवादलाई जसरी पनि प्रतिवाद गर्ने बताएका थिए । तर, उनले चीनको नाम भने लिएका थिएनन् । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।