सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोनाले जनता भोकै, मन्त्रीलाई करोडौंको गाडी किन्ने तयारी

कोरोनाले जनता भोकै, मन्त्रीलाई करोडौंको गाडी किन्ने तयारी

  • मिडिया डबली
  • सोमवार, आषाढ २९ २०७७

  • 9.2K
    SHARES

  • कोरोनाले जनता भोकै, मन्त्रीलाई करोडौंको गाडी किन्ने तयारी

    काठमाडौं– देश अहिले कोरोना भाइरस र बाढी पहिरोको कहरमा छ। तर, मन्त्रीालाई भने विलासी गाडी खरिद गर्ने योजना बनेको छ। प्रधानमन्त्री केपी ओलीले पार्टी भित्र चरम विवाद भइरहेका बेलामा संदको अधिवेशन अन्त्य गरेपछि संसदलाई रत्यौली खेल्ने थलो बनाएर र नेपालको नयाँ नक्सा घर घरमा बाड्दै हिडेर चर्चा कमाएकी स्याङ्जाली मन्त्री पदमा अर्यालले आफु चढ्नका लागि डेढ करोडको गाडि किनेर रत्यौली देखाएकी हुन् ।

    मन्त्री अर्यालको मुलुकमा संकटका बेलामा गाडि किनेर रत्यौली देखाउने इच्छलाई अर्थमन्त्रालयले पनि सहयोग गरेको छ । मन्त्री अर्यालको गाडीमोहलाई साकार पार्न भूमिसुधार मन्त्रालयले अर्थबाट डेढ करोड रुपैयाँ स्वीकृति पाइसकेको छ ।

    भूमि तथा भूउपयोग व्यवस्थापन कार्यको बजेट रकमान्तर गरी मन्त्रालयले मन्त्री अर्यालका लागि गाडी किन्न लागेको हो । मन्त्री अर्यालका लागि गाडि किन्न पाँच करोड ३७ लाख रकमान्तर अर्थ मन्त्रालयले अनुमति दिएको छ । अर्थ मन्त्रालयले मन्त्री र नापी विभाग अन्तर्गतका कार्यक्रमका लागि सवारीसाधन खरिद गर्न पाँच करोड ३७ लाख रुपैयाँ रकमान्तर गर्न अर्थ मन्त्रालयमा सहमति माग्दै प्रस्ताव पठाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २९ २०७७१०:१५:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend