काठमाडौं– रवीन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा. सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल पार्टीबाट बाहिरिएका छन् ।
पार्टीको क्रियाकलापप्रति असमति जनाउँदै उनीहरुले साझा परित्याग गरेका हुन् । आइतबार बसेको साझाको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई धन्यवाद दिने प्रस्ताव समेत पास गरेको छ ।
पछिल्लो समय संयोजक मिश्रसँग उनीहरुको मतभिन्नता रहँदै आएको थियो । यसैबीच साझा र विवेकशीलबीच पुनः एकीकरणका लागि पहल भइरहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।