सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बालुवाटारमा भनाभन गरेका ओली–प्रचण्डले एकअर्कालाई भेट्नै छोडे, अब के हुन्छ?

बालुवाटारमा भनाभन गरेका ओली–प्रचण्डले एकअर्कालाई भेट्नै छोडे, अब के हुन्छ?

  • मिडिया डबली
  • सोमवार, आषाढ २९ २०७७

  • 7.8K
    SHARES

  • बालुवाटारमा भनाभन गरेका ओली–प्रचण्डले एकअर्कालाई भेट्नै छोडे, अब के हुन्छ?

    काठमाडौं–नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट हुनै छोडेको छ। दुई नेताबीच चार दिनअघि बालुवाटारमा भएको भेटवार्ता निकै तिक्त अवस्थामा टुंगिएको पाइएको छ।

    पार्टीमा देखिएको पछिल्लो विवाद सहमतिमा मिलाउने जिम्मेवारीमा रहेका ओली र प्रचण्डबीच चार दिनयता भेटवार्ता त टाढाकै कुरा बोलचाल पनि भएको छैन।

    नेकपा सचिवालयका एक जना सदस्यलाई अध्यक्ष प्रचण्डले बिहीबार बालुवाटारबाट फर्केर गरेको ब्रिफिङ अनुसार ओलीसँग उनको भेट यति धेरै तिक्त यसअघि कहिल्यै भएको थिएन।

    ‘तपाईं पहिला हात छोड्नुस् त्यसपछि म जवाफ दिन्छु’, भेटको अन्तमा ओलीले प्रचण्डलाई भनेका थिए।

    लगत्तै प्रचण्डले जवाफ फर्काएका थिए, ‘तपाईंलाई त्यत्ति सजिलो हुन कहाँ दिउँला र!’

    सचिवालयका ती सदस्यका अनुसार करिब डेढ घन्टा लामो भेटका क्रममा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गर्नु पर्ने कुरा दोहोर्याएपछि ओलीले निकै आक्रोशित भएर प्रधानमन्त्रीबाट आफुलाई हटाउने प्रस्ताव औपचारिक रुपमा ल्याए पार्टी विभाजन सहज बनाउन अध्यादेश ल्याउने लगायत कदम चाल्न सक्ने संकेत दिएका हुन्।

    पार्टीको स्थायी समिति बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्नु पर्ने माग भएपछि नेकपामा टकराव बढेर गएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २९ २०७७०९:५४:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend