काठमाडौं - नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७।२५ धुर जग्गा बिक्री वितरणमा सहसचिवसहित १३ जना तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त घटना हुँदा ज्ञवाली नवलपरासीका प्रमुख मालपोत अधिकृत थिए ।
अभियुक्तविरुद्ध ५ करोड ५ लाख ४२ हजार बिगो कायम गरिएको छ । नवलपरासीको साबिक सनई गाविस–८ ख कित्ता नम्बर १२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको भन्ने व्यहोराको उजुरी अख्तियारमा परेको थियो । त्यसउपर अनुसन्धान हुँदा अभियुक्तहरूले भ्रष्टाचार गरेको देखिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए ।
भूमिसुधार, मालपोत नवलपरासीका कर्मचारीसहित स्थानीय निकायबाट सिफारिस दिने कर्मचारी र स्थानीयलाई पनि भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको प्रमाणित हुन आएकाले उनीहरूविरुद्ध सजायको मागदाबी गरिएको अख्तियारले गरेको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।