काठमाडौँ - आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती हो । भानुको सम्झनामा प्रत्येक असार २९ गतेका दिन ‘भानुजयन्ती’ मनाउने गरिन्छ ।
यस दिन विभिन्न कवि गोष्ठी तथा साहित्यिक कार्यक्रमहरु र महोत्सवहरू आयोजना गरी मनाइने गरेकोमा यस वर्ष भने कोरोना महामारीका कारण खासै गतिविधि छैन । तर काव्यानुरागी र भाषासेवीहरूले भानु योगदानको स्मरण गरी श्रद्धापूर्वक उनको जन्मजयन्ती मनाउँदै छन् ।
विसं १८७१ मा असार २९ गतेका दिन हाल तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्तको जन्म भएको थियो । उनले नेपाली भाषामा रामायण लेखेर नेपाली भाषालाई गुन लगाएका थिए । उनको सो लोकप्रिय कृतिले नेपालीहरुको मनमनमा स्थान बनाएको र नेपाली भाषा समृद्ध हुँदै गएको रुपमा उनलाई स्मरण गर्ने गरिन्छ । आचार्यको विसं १९२५ असोज ६ गतेका दिन निधन भएको थियो ।
नेपाली भाषाका आदिकविको उपाधि पाएका भानु तत्कालीन समयका हुनेखाने परिवारमै जन्मेका थिए । उनले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्ति दिएकै आजपर्यन्त अमर छन् । संस्कृत रामायणको नेपाली भावानुवादक रहेका भानुभक्तलाई कवि मोतिराम भट्टले पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए भने उनकै पहलमा भानुको चर्चा चुलिएको हो । त्यस्तै अाज तनहुँकाे भानुनगरले विदा समेत दिने गरेकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।