सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

क्लिन फिड नीति साउन १ बाटै लागू गर्न ओली सरकारलाई दबाब

क्लिन फिड नीति साउन १ बाटै लागू गर्न ओली सरकारलाई दबाब

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 3.4K
    SHARES

  • क्लिन फिड नीति साउन १ बाटै लागू गर्न ओली सरकारलाई दबाब

    काठमाडौं - बहु प्रतिक्षित क्लिन फिड नीति यही साउन १ देखि नै लागू गर्न सरकारमाथि दबाब परेको छ। आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरोकारवाला संस्थाले सरकारसँग माग गरेका हुन्।

    नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन सङ्घ, ब्रोडकाष्टिङ एसोशिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा यवराज खतिवडालाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै देश र जनताको हितमा रहेको उक्त नीति अविलम्ब कार्यान्वयन गर्न माग गरेका हुन्।

    धेरै वर्षदेखि नेपाली मिडियाले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०७३ साउन ७ गतेको बैठकद्वारा नेपालमा वितरण भइरहेका विदेशी टिभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०९:५७:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend