बाँके- प्रदेश ५ को बाँकेमा रहेको कोहलपुर नगरपालिकाले कार्णाली (प्रदेश ६) मा मिसिने घोषणा गरेको छ । हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णालीमा मिसिने घोषणा गरेको हो।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले प्रदेश ५ को राजधानी बुटवल टाढा र अपायक परेका कारण कर्णाली प्रदेशमा मिसिने निर्णय गरिएको बताए।
‘बुटवल टाढा भयो। यहाँका जनतालाई अपायक परेको छ’ उनले भने, सुर्खेत राजधानी भए दुई घण्टामै जान आउन सकिन्छ। प्रदेश सरकारसँग स्थानीय तहका अपेक्षा धेरै हुन्छन्। नजिक राजधानी होस् भन्ने हो।’
प्रदेश ५ मा रहेका बाँके र बर्दियाका कतिपय स्थानीय तहले कर्णाली प्रदेशमा मिसिन सहमत भएका छन्। नेपालगञ्ज उपमहागरपालिकाले पनि कर्णालीमा मिसिने सहमति जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।