आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भृकुटीमण्डप बजार खुल्यो, के छ अवस्था ?

भृकुटीमण्डप बजार खुल्यो, के छ अवस्था ?

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 4.1K
    SHARES

  • भृकुटीमण्डप बजार खुल्यो, के छ अवस्था ?

    काठमाडौं - काठमाडौंको निकै व्यस्त किनमेल ठाँउ भृकुटीमण्डप बजार पनि खुलिसकेको छ । लामोसमयदेखिको लकडाउनका कारण बन्द भृकुटीमण्डप बजाार खुलेपनि ग्राहक भने आएका छैनन् ।

     

    करिब १३ सय पसल रहेको यो बजार लुगा, चुत्ताचप्पल इलेक्ट्रोनिक सामान किनमेल गर्नका लागि सजिलो बजार पनि हो। सस्तोमा सामान पाउने भएपछि धेरै मानिसहरु किनमेलका लागि यो बजारमा जाने गर्छन् ।

    भृकुटीमण्डमा व्यापार गर्ने साना व्यवसायीहरुको संगठन काठमाडौं निम्न व्यापारी संघका सहअध्यक्ष चिन्तामणि प्रसाईंले अझै पनि पूर्णरुपमा पसलहरु खुल्न नसकेको बताए।

    बजारका कतिपय व्यापारीहरु गृह जिल्ला पुगेकाले अझै केही पसल खुल्न सकेका छैनन् । असार १५ गतेदेखि बजार खुलेपनि ग्राहाक भने आएका नआएको व्यवसायीलेब ताएका छन् ।

    कोरोना संक्रमणको अवस्थालाई ध्यान दिई बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि बजार खुल्ला गरिए छ । दैनिकी चलाउन सजिलो हुन्छ कि भन्ने आशामा पसल खोलिएको व्यवसायी बताउँछन् । भृकुटीमण्डपमा प्रतिस्विकर फुटको महिनाको १४ सय भाडा तिर्नु पर्ने छ ।

    लकडाउन अघि दैनिक १५÷२० हजारको व्यापार हुने गरेकोमा अहिले बोहनीसमेत हुन नसकेको व्यापारीहरुले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०७:१३:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend