आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न यस्तो भन्यो ओली सरकारले !

भारतीय च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न यस्तो भन्यो ओली सरकारले !

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 6.2K
    SHARES

  • भारतीय च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न यस्तो भन्यो ओली सरकारले !

    काठमाडौं - प्रधानमन्त्री केपी शर्माओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज खोल्ने विषयमा सरकारका प्रवक्ता डा युवराज खतिवडा बोलेका छन् । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा उनले तत्काल बन्देज खुला गर्न नमिल्ने बताएका हुन् ।

    र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

    सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका अर्थमन्त्री खतिवडाले परिस्थिति अनुकूल भएपछि र ती मिडियाँ नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरेका छन् ।

    यस विषयमा बोल्दै डा खतिवडाले भनेका छन्, ‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँँदैन । भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाए । परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिबन्ध कायम राख्न म अग्रह गर्दछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०६:४५:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend