काठमाडौं -भारतीय सञ्चारमाध्यमले नेपाल कम्युनिस्ट पार्टी नेकपाका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निकै अनावश्यक टिकाटिप्पणी गरेका थिए । त्यसबाहेक नेपालबारे प्रसारण गरिएका समाचार सामग्रीहरु आपत्तिजनक भएकोले त्यसविरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ।
सो नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्याएको कुरा उल्लेख गरेको छ । त्यस्तैयस्ता सामग्रीले आम जनतालाई गलत सूचना दिने र भ्रमित गर्ने मात्र नभई एउटा सभ्य समाजमा अपेक्षा गरिने न्यूनतम सार्वजनिक मर्यादालाई समेत आघात पुर्याउने सो नोटमा उल्लेख गरिएको छ।
उक्त कुटनीतिक नोटमा ‘न्यूनतम पेशागत मर्यादा पनि कायम नगरेको घृणाजनक अभिव्यक्तिले नेपाल र नेपालीको अपमान गर्ने र नियतवश सुरु गरिएका त्यस्ता अभियानले दुई देशबीचको सम्बन्धमा समेत खलल पुर्याउँछ,’ भन्ने कुरा लेखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।