भारतको तमिलनाडु राज्यको राजधानी चेन्नई र चेन्नई नजिकका तीन जिल्लामा फेरि लकडाउन लागू गरिएको छ। यो क्षेत्रमा १२ दिनका लागि लकडाउन थप गरिएको हो ।
जुन ३० सम्म लकडाउन रहने र अत्यावश्यक सामान र औषधि पसलमात्रै खुला गर्न पाइने तमिलनाडु राज्य सरकारले जनाएको छ ।
चेन्नईमा ३७ हजार भन्दा बढी मानिस कोरोना संक्रमित छन् भने तमिलनाडुमा संक्रमितको संख्या ५० हजार नाघेको छ । त्यहाँ कोरोना संक्रमणको कारण हालसम्म ६०० व्यक्तिको मृत्यु भइसकेको छ।
यद्यपि हालसम्म मृत्यु दर कम रहेको छ, तर यसमाथि अहिले अनुसन्धान भइरहेको छ। एउटा रिपोर्टमा चेन्नईमा भएको २०० व्यक्तिको मृत्यु कोरोना संक्रमित मृत्युसँग सम्बन्धित नरहेको पनि दावी गरिएको छ । एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।