आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नायिका ऐश्वर्या र उनकी छोरी आराध्याको कोरोनाको यस्तो आयो रिपोर्ट

नायिका ऐश्वर्या र उनकी छोरी आराध्याको कोरोनाको यस्तो आयो रिपोर्ट

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 5.1K
    SHARES

  • नायिका ऐश्वर्या  र  उनकी छोरी आराध्याको कोरोनाको  यस्तो आयो रिपोर्ट

    काठमाडौँ- बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारको पनि कोरोना परिक्षण गरिएको थियो ।

    पहिलो पटक गरिएको परिक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर, दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ ।

    योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् । आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो ।

    दुबैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नायक अभिषेक बच्चनले यो परिस्थितीमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

    कोरोना संक्रमण भएपछि भारतका चर्चित सिने कलाकार अमिताभ बच्चन र उनका छोरा अभिशेष बच्चन शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका छन् ।

    महराष्ट्र सरकार र अस्पतालका अनुसार अहिले दुवै जनाको अवस्था स्थिर छ । महानायकका रूपमा परिचित ७७ वर्षीय अमिताभ बच्चनले शनिबार राति ट्विट गरेर आफूलाई कारोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

    त्यसको केही मिनेटपछि उनका छोरा अभिनेता अभिषेक बच्चनले पनि ट्विट गर्दै आफू पनि कोरोना संक्रमित भएको जानकारी दिएका थिए । साथै दुवैले आफ्ना प्रशंसकलाई शान्त हुन आग्रह पनि गरेका छन् ।

    आइतबार नानावती अस्पताल र महराष्ट्र सरकारका अधिकारीले दुवैको स्वास्थ्य अवस्था स्थिर भएको जानकारी दिएको बिबिसी हिन्दीले जनाएको छ । मुम्बई नगर कार्यालयले अमिताभ बच्चनको घर आसपास व्यापक रूपमा स्यानिटाइजिङ सुरु गरेको छ । अमिताभ बच्चन कोरोनाका विषयमा सर्वसाधारणलाई सचेत गराउन सक्रिय छन् ।

    ७७ वर्षीय अभिनेता अमिताभ बच्चन र उनका छोरा अस्पताल भर्ना भए बलिउप्रेमी देखि भारतीय प्रधानमन्त्री मोदीले समेतले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

    यो पनि हेर्नुहोस 

    वलिउड अभिनेता अमिताभ र अभिशेकलाई देखियो कोरोना, कस्ताे छ अवस्था ?

    कोरोना संक्रमित अमिताभ र अभिषेकको अवस्था बारे अस्पतालले दियो यस्तो जानकारी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०३:३४:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend