आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उइगरहरुद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता

उइगरहरुद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 3.7K
    SHARES

  • उइगरहरुद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता

    हेग - चीनले सिन्जियाङ प्रान्तका अल्पसंख्यक उइगरहरुमाथि निरन्तर दमन र नरसंहार जारी राखेपछि उइगरहरुले चीनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा दर्ता गराएका छन् ।

    उनीहरुले आफूलाई न्यायको माग गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गराएका हुन् । दी न्युयोर्क टाइम्सका अनुसार लन्डनमा रहेर वकालत गरिरहेका दुई उइगर अभियानकर्मी समूहद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरिएको छ ।

    उनीहरुले अवैधरुपमा चीनले नियन्त्रणमा राखेका हजारौं उइगरहरुलाई रिहा गराउनुपर्ने माग गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मानवता रक्षाका लागि हालिएको पहिलो मुद्दा रहेकोसमेत जनाइएको छ ।

    मुद्दा दर्ता गराउनेमा इस्ट तुर्किस्तान गर्भरमेन्छ इन एक्जाइल (ईटीजीई) र इस्ट तुर्किस्तान नेशनल अवेकनिङ मुभ्मेन्ट (ईटीएनएएम) रहेका छन् । चीनले लामो समयदेखि सिन्जियाङमा रहेका उइगरहरुलाई दमन गर्ने, आतंकवाद फैलाएको आरोपमा कारबाही गर्ने, महिलाहरुलाई बच्चा नजन्माउन दबाब दिने र अस्थायी गर्भनिरोधक सामग्रीको प्रयोगका लागि दबाब दिने र हजारौंलाई नियन्त्रणमा लिने काम गरिरहेको थियो ।

    बीबीसीले सन् २०१९ मा गरेको एक अध्ययन अनुसार चीनका उइगर समुदायहरुका बालबालिकालाई मुस्लिम बन्‍न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको थियो ।

    दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको जनाइएको छ ।

    पछिल्लो समय सिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

    चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लाग्दै आएको समयमा अमेरिकाले ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानुन संसदबाट पारित गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०१:४४:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend