काठमाडौं– मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला प्रत्यारोपण गरिएको आरोपमा कम्युनिस्ट वडाध्यक्ष सहित चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सक तथा कानुनी सल्लाहकार लगायतलाई पक्राउ गरेको छ।
ब्युरोको टोलीले चिकित्सकहरू डा. राकेशकुमार बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती तथा अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्लेलाई पक्राउ गरिएको छ । त्यस्तै, ललितपुर महानगरपालिका– ३ का कम्युनिस्ट वडाध्यक्ष गोपाल महर्जन र जिल्ला प्रशासन कार्यालय, चितवनका अधिकृत रामचन्द्र ढकाल पनि पक्राउ परेका छन् ।
ललितपुर महानगरका वडाध्यक्ष समेत पक्राउ परेपछि ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यले छानविन गरी कारबाही गर्न माग गरेका छन्। यो घटनाले जनप्रनिधिको अवमूल्यन गरेको बताउँदै अमात्यले फेसबुक स्टाटस मार्फत दुःख समेत व्यक्त गरेका छन्।
के लेखेका छन? यदि यो कुरा सत्य हो भन्ने अपराधीहरु लाई कसैले पनि बचाउन कोसिस गर्नु हुँदैन– यसले प्रतिनिधिहरूको अवमूल्यन गर्ने छ म पनि एउटा जनप्रतिनिधि हुँ त्यसैले मलाई धेरै दुःख लागेको छ ।
जनताले जनप्रतिनिधिहरुलाई विश्वास गर्ने छैन जनतामाथि बेइमानी गर्नुहुन्न हामीले जनतालाई धोखा दिने काम गर्नुहुन्न। हामी जनताप्रति उत्तरदायी बन्नुपर्दछ कानूनसम्मत रुपले काम गर्नुपर्दछ प्रजातन्त्रमा कानुनभन्दा माथि कोही हुँदैन अझ जनप्रतिनिधि उत्तरदायी भएर कानुन सम्बत रूपले जनताले पनि बुझ्ने किसिमले काम गर्नुपर्छ।
ताकी जनताले पनि कानुनविपरित काम नगरोस यो जन प्रतिनिधिहरूको दायित्व हो जिम्मेदारी हो। यो समाचार पढ्दा मलाई धेरै दुःख लागेको छ। म मर्माहत भएको छु। राम्रोसँग छानबिन गरेर निर्दोषी माथि कुनै किसिमको सजाय हुने काम नगरियोस दोषीमाथि कडाभन्दा कडा कारवाही गरियोस्।
यो पनि पढ्नुहोस्
अवैध मृगौला प्रत्यारोपणको आरोपमा ४ डाक्टर पक्राउ, कुन दिशामा जाँदैछ देश ?
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।