सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सानालाई ऐन ठूलालाई चैन, गृहमन्त्रालय आफैंले बनाएको नियम आफैंले तोडेपछि..

सानालाई ऐन ठूलालाई चैन, गृहमन्त्रालय आफैंले बनाएको नियम आफैंले तोडेपछि..

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 7.3K
    SHARES

  • सानालाई ऐन ठूलालाई चैन, गृहमन्त्रालय आफैंले बनाएको नियम आफैंले तोडेपछि..

    काठमाडौं– बिहीबार बिहान गृह मन्त्रालयमा नवनियुक्त आईजीपीको फुली लगाउने कार्यक्रम थियो । कार्यक्रमका प्रमुख अतिथि थिए मन्त्रालयका सचिव महेश्वरप्रसाद न्यौपाने र मुख्य आकर्षण अघिल्लो दिन क्याबिनेटले नियुक्त गरेका आईजीपी शैलेश थापा क्षेत्री । कोरोना महामारीमा आयोजित कार्यक्रमका सबैले शुरुमा मास्क लगाएर सामाजिक दूरी कायम गरेका थिए । तर, सचिवले क्षेत्रीलाई आईजीपीको दज्र्यानी चिन्ह लगाइदिएपछि हलमा रहेका सबैजसोले गृह मन्त्रालय आफैँले यसअघि जारी गरेको विभिन्न निर्देशनलाई धोती लगाइदिए ।

    हलमा मन्त्रालयका सहसचिवहरू, सबै सुरक्षा निकायका प्रमुख तथा नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू थिए । त्यसक्रममा क्षेत्रीलाई बधाई दिने र सामूहिक फोटो खिच्नेहरूले न मास्क लगाएका थिए, न सामाजिक दूरी नै कायम गरेको देखिन्थ्यो । सामूहिक फोटो खिच्ने क्रममा सबै टाँसिएर उभिएका थिए भने त्यत्तिले पनि नपुगेर सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले क्षेत्रीसँग अंकमाल नै गरेका थिए ।

    कोरोना संक्रमण रोकथामको लागि गृह मन्त्रालयले तोकिएको संख्या भन्दाबढी भेला हुन नपाईने, सबैले मास्क अनिवार्य लगाउनुपर्ने, कम्तिमा ६ फिट दूरी कायम राखेर बस्नुपर्ने उर्दी जारी गरेको छ । तर, यसरी सरकारी सूचना जारी गर्ने गृह मन्त्रालयका उच्च अधिकारी र त्यस्तो सूचना कार्यान्वयन गर्ने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूले नै नियम मिचेपछि ‘‘लाई भन्दा देख्नेलाई लाज’ भने झैँ भएको छ । जनआस्ता साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०९:५६:५१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend