सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

संखुवासभामा पहिरोले गाउँ नै बगायो, ११ जना बेपत्ता, अवस्था भयानाक

संखुवासभामा पहिरोले गाउँ नै बगायो, ११ जना बेपत्ता, अवस्था भयानाक

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 5.0K
    SHARES

  • संखुवासभामा पहिरोले गाउँ नै बगायो, ११ जना बेपत्ता, अवस्था भयानाक
    फाइल तस्वीर

    काठमाडौं– संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले गाँउ नै बगाएको छ। पहिरोमा परेर ११ जना बेपत्ता भएका छन्। सिलिचोङ १ सिसुवाखोलामा गए राति पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।

    राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा–आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएका मल्लले जानकारी दिए। बाँकी दुइ घरका मानिस भने भागेर जागिएका छन्।

    घटनास्थलमा अझै प्रहरी पुगेको छैन। मल्लका अनुसार नजिकै रहेको प्रहरी चौकी सिसुवाबाट घटनास्थल पुग्न साढे ३ घण्टा पैदल हिँड्नुपर्छ। गाडी चल्ने बाटो छैन। प्रहरी चौकी टांकुबाट सई र सिसुवाबाट असईको नेतृत्वमा ११ जनाको प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०९:४८:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend