सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पुलिसका हाकिम जुत्ता च्यापेर भागे, के हो कारण?

पुलिसका हाकिम जुत्ता च्यापेर भागे, के हो कारण?

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 8.8K
    SHARES

  • पुलिसका हाकिम जुत्ता च्यापेर भागे, के हो कारण?

    काठमाडौं– खानपिन सकिएकै थिएन, युनिफर्मलाई ज्याकेटले छोपेर मापसे गरिरहेका दुई प्रहरी अधिकृत गुटुङटुङ हातमा जुत्ता बोकेर भाग्नुपर्ने अवस्थामा पुगे ।

    हेटौंडा–१० स्थित एक रेष्टुरेन्टमा सिवास रिगल पिइरहेका ती हाकिम भाग्दा सर्वसाधारणले मज्जा मान्ने नै भए । भाग्नुको कारण थियो, ड्युटीको समयमा व्यापारीसँग मदिराले झुम भएको खबर माथिल्लो हाकिमकहाँ पुग्नु । मातेका हाकिम समाउन अर्कै टोली आइपुगेको सूचना चुहिनु!

    घटना असार २६ गते, शुक्रबारको हो ।

    केही दिनअघि पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) ईन्द्रबहादुर राना,केही समयअघि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा हाजिर भई लागुु औषध तथा अपराधमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज काफ्ले र वडा प्रहरी कार्यालयका इन्स्पेक्टर ईश्वरी भण्डारी त्यसरी जुत्ता बोकेर कुलेलम ठोक्ने स्थितिमा पुगेका हुन् ।

    हटियास्थित शिवम् सिमेन्ट उद्योगका अधिकृत अच्यूत पराजुलीसहित वातानुकूलित (एसी) कोठामा बसेका थिए । चिकेन,मटन, र बदेलको परिकारसँग ‘सिवास रिगल’ व्हिस्कीको स्वाद, त्यतिबेल बेस्वाद हुन पुग्यो, जब जिप्रकाको टोलीले सीमाचोक छिचोलेको खबर आयो ।

    रेष्टुरेन्टमा बढी पैसा पर्ने कारण व्हिस्की बाहिरैबाट लगिएको थियो । एउटा बोत्तल रित्याएर अर्को शुरू गर्दागर्दै यस्तो आपतमा उनीहरू परे ।

    उनीहरूलाई नियन्त्रणमा लिन जिप्रकाबाट एसपी सुशीलसिंह राठौरले टोली खटाएका थिए । यो खबर सुन्नासाथ हातमा जुत्ता भिरेर उनीहरू भागे । झमझम पानी परिरहेको थियो । उनीहरू भिज्दै कुलेलम ठोके ।

    जनआस्थाले एसपी राठौरलाई सोध्दा उनके घटना पुष्टि गरे । ‘ड्युटीमा हुनुपर्ने मान्छे रेष्टुरेन्टमा छन् भन्ने सूचना आएपछि मैले हेर्नलाई एउटा टोली पठाएको हो, तर सूचना आएजस्तो कोही ड्युटीवाल प्रहरी त्यहाँ भेटिएनन्’, राठौरले भने ।

    सिमेन्ट उद्योगका अच्युत पराजलीले चिनजानका आधारमा भेटघाटमा बसेको स्वीकार गरे । ‘उद्योगले कुनै खर्च व्यहोरेको छैन, यसलाई साथी–भाइबीचकोे भेटघाटकोे रुपमा लिनुुपर्छ’, उनले भने । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०९:४३:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend