आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अझै तीन दिन भारी वर्षा : आज यी क्षेत्रमा बाढी आउदै, सावधान रहन आग्रह

अझै तीन दिन भारी वर्षा : आज यी क्षेत्रमा बाढी आउदै, सावधान रहन आग्रह

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 7.4K
    SHARES

  • अझै तीन दिन भारी वर्षा : आज यी क्षेत्रमा  बाढी आउदै, सावधान रहन आग्रह

    काठमाडौं-मौसम पूर्वानुमान माहाशाखाले देशका धेरै जसो भुभभागमा अझैं तीन दिन भारी वर्षा हुने सम्भावा रहेको बताएको छ । माहाशाखाका अनुसार आगामी मंगलबारसम्म देशका विभिन्न भागको मौसम बद्लि भइ भारी वर्षा हुने सम्भावना छ ।

    नेपालमा यो वर्षभित्रिएको मौसमले अत्यधिक क्षति गरिसकेको छ, अझैं केहि दिन वर्षा हुनेसम्भावना बढेपछि माहाशाखाले सबैलाई सचेत रहन आग्रह समेत गरेको छ ।

    आज (आइतबार) देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बाग्मति प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ ।

    सोमाबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार मंगलबार देशका धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ भने प्रदेश १ र प्रदेश २ थोरै स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    भारी वर्षासँगै विभिन्न तराईमा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । बाढी पहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

    माहाशाखाले सावधानी अपनाउँन आग्रह गरेका ठाँउ

    प्रदेश नम्बर १, २ र ५ का विभिन्न स्थानमा रहेका खोलाहरुमा बाढी आउने भएका कारण सचेत रहन माहाशाखाको आग्रह छ । यसबाहेक आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, मकवानपुर र प्रदेश २ का सबै जिल्लामा भारी वर्षा हुनुका साथै उक्त क्षेत्रका नदी तथा खहरे खोलामा बाढी आउने छ ।

    विरिङ, निन्दा, कन्काई, मावा, रतुवा, लोहन्द्रा, चिसाङखोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बलन, खुट्टी, चुरियाखोला, बकैया नदिमा को तटिय क्षेत्र खतराको तहसम्म बाढी आउने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०८:०२:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend