काठमाडाैं -कोरोना भाइरसको मारमा सबैभन्दा बढी पर्यटन क्षेत्र मारमा परेको छ। हवाइ उडान देखि होटलसम्म सुनसान बनेका छन्। चैत देखि कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेसँगै पर्यटन व्यवसायी थलिएको छ।
विश्वभर फैलिएको महामारीका कहिले अन्त्य हुन्छ भन्ने टुंगो छैन। यस्तो अवस्थामा थला परेको पर्यटन व्यवसायलाई सरकारले नहेरेको गुनासो व्यवसायीको छ। सोही क्रममा पर्यटन व्यवसायी अन्जनी कोइरालाले पर्यटनमन्त्री योगेश भट्टराईलाई खुला पत्र लेखेका छन्।
यस्तो छ, कोइरालाले लेखेको खुला पत्र :
आदरणीय मन्त्री ज्यु
तपाईंको झण्डै दुई तिहाइको सरकारसँग नागरिकका भरपर्दा अपेक्षाहरु थिए, र अझैसम्म पनि केही छँदैछन्। तपाईं पर्यटन मन्त्री भएको नाताले केही बुँदा राख्न चाहेँ ।
१. सरकारले ठप्प भएको पर्यटन क्षेत्रलाई रेस्क्यु गर्ने प्याकेज किन ल्याउन सकिरहेको छैन?
२. अर्थतन्त्र चलायमान बनाउन र अर्थतन्त्रको साइकल कायम राख्न सरकारले कुनै कार्यक्रम ल्याउन सकेको छैन।
३. सरकारले पर्यटन व्यवसायी लगायत निजी क्षेत्रका व्यवसायीलाई रेस्क्यु गर्नेभन्दा ट्याक्स तिर्न दबाब दिने र बैंकहरुले व्यवसायीलाई रकम तिर्न हदैसम्मको मानसिक दबाब दिइरहेका छन्, यतातर्फ तपाईंको ध्यानाकर्षण गराउन चाहेँ।
४. त्यसैले सरकारले पर्यटन क्षेत्र लगायत निजी क्षेत्रको लागि मात्रै छुट्टै प्याकेज ल्याउनुपर्छ ताकि अर्थतन्त्रलाई चलायमान बनाए मात्रै सरकारको आम्दानी बढ्ने भएकोले पनि हामी जस्ता पर्यटनको क्षेत्रमा स्वदेशमै केही गर्न सकिन्छ भनेका युवाहरू हतोत्साहित हुने थिएनौँ।
आगे तपाईंको विचार।
–अन्जनी कोइराला,
पर्यटन व्यवसायमा कखरा सिक्दै गरेको पर्यटन व्यवसायी।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।