सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट आपत्तिजनक : नेपाल विश्व हिन्दु महासंघ

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट आपत्तिजनक : नेपाल विश्व हिन्दु महासंघ

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 7.2K
    SHARES

  • इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट आपत्तिजनक :  नेपाल विश्व हिन्दु महासंघ

    काठमाडौँ- नेपाल विश्व हिन्दु महासंघले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ।

    महासंघले विरगन्जमा एक विराेध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे छ। महासंघले र्यालीपछि काेण सभा गरेकाे छ।

    इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि महासंघले आपत्ति जनाएकाे हाे। महासंघका उपाध्यक्ष विजय प्रकाश निषादकाे नेतृत्वकाे निकाएकाे विराेध र्यालीमा करिब बढीकाे सहभागिता रहेकाे थियाे।

    उपाध्यक्ष निषादले भने,' पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दु मन्दिर बनाउन नदिनु अर्काे ठुलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।' पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो ।

    तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो । इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो ।

    यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो । इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो ।

    इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दु मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो। उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् ।

    यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

    पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दु समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।

    salaha.jpg

    salaha.jpg

    salaha.jpg

    salaha.jpg

    BRJ3.jpeg

    salaha.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७०७:०५:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend