काठमाडौं- नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले विपद्को घडीमा सबैलाई एकजुट हुन आग्रह गरेका छन् । सामुदायिक सेवामञ्च,स्वयम्भूको १८ औं वार्षिक साधरणसभामा बोल्दै जोशीले राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर चुनौतीको सामना गर्न सबैजना एकजुट हुनुपर्ने बताएका हुन् ।
१८ औं वार्षिक साधरणसभा उद्घाटन गर्दै जोशीले कोभिड १९ को रोकथाम नियन्त्रणमा भएको खर्चको र भ्रष्टाचारका विषयमानि प्रश्न उठेकाले विभिन्न क्षेत्रका नागरिक अगुवाहरुको संलग्नतामा लेखा परिक्षणगर्न समिति गठन गर्नमा जोडदिनु भएको छ ।
कार्यक्रममा बोल्दै जोशीले प्रहरी र जनता मिलेरनै शान्ति स्थापना र विसङ्गति,विकृतिसँग लड्न र सुशासन कायम गर्न एकहुनपर्नेमानि जोड दिनुभयो ।
सामाजिक दूरी कायम गर्दै भएको कार्यक्रम अमिन पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो । वार्षिक साधरणसभाले आजै राजु खरेलको नेतृत्वमा समिति गठन गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।