सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपाको भाग-बण्डा नमिल्दा काँग्रेसका प्रकाशशरणले दिए यस्तो दनक !

नेकपाको भाग-बण्डा नमिल्दा काँग्रेसका प्रकाशशरणले दिए यस्तो दनक !

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 5.6K
    SHARES

  • नेकपाको भाग-बण्डा नमिल्दा काँग्रेसका प्रकाशशरणले दिए यस्तो दनक !

    काठमाडौं - नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको प्रमुख अतिथ्यत र नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले कार्यक्रम गरेको हो ।


    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्रा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, महासंघका महासचिव रमेश विष्ट, युनियनका महासचिव अजयबाबु शिबाकोटीसहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै डा महतले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको बताए । उनले सरकारको असंबेदनशिल व्यवहारका कारण परिस्थिति झन भयावह हुन लागेको बताए ।

    अहिलेको गम्भिर परिस्थतिमा सञ्चारगृहहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्नु, बेतलबी बस्न बाध्य पार्नु वा पारिश्रमिक कटौटी गर्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो । ‘यस्तो बेला एक जना पत्रकारलाई पनि सञ्चारगृहरुले बेरोजगार बनाउन मिल्दैन,’ महतले भने, ‘पत्रकारले खाइपाइ आएको तलबमा नघटाइ, त्यसमा महामारीमा खटिने पत्रकाहरुलाई थप सुविधा दिनुपर्छ ।’ सञ्चारगृहरुले तबल दिन नसकेका पत्रकारहरुको जागिरको सुनिश्चिता गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

    अहिलेको संकटको बेला सरकार, उद्यमी, व्यवसायी, रोजगारदाता सबैले आ–आफनो क्षेत्रबाट दायित्व बहन गर्नुपर्नेमा सरकार आफ्नो दायित्वबाट पञ्छिन खोजको उनले बताए। ‘सरकार यतिसम्म निकम्मा छ कि, स्वास्थ्यमन्त्री तथा सरोकारवाला व्यक्तिहरु अहिलेसम्म एक पटक टेकु अस्पताल समेत गएका छैनन।’

    नेपाली कांग्रेसले गठन गरेको कोरोना संक्रमण तथा रोकथाम अनुगमन समितिका संयोजक समेत रहेका महतले भने, ‘हामी टेकु अस्पताल पुग्दा अस्पताललाई सरकारले नै बेवास्ता गरेको देखियो । यतिसम्म कि स्वास्थ्यमन्त्री तथा मन्त्रालयबाट एक जना प्रतिनिधि समेत अस्पताल जान डराएको देखियो ।’

    संकटको बेला सरकारले जनतालाई राहत दिनु पर्नेमा सरकार उल्टै आफू कसरी टिक्ने भन्नेमा व्यस्त रहेको चर्चा गर्दै महतले भने, ‘लकडाउनको बेला सरकार आफू कसरी टिक्ने भनेर अनेक राजनीतिक तिकडममा लागेको र सरकार ढाल्न खोज्नेहरु पनि सरकारले काम गर्न नसकेकोमा बिरोधमा उत्रिएको नभइ आफूले खान नपाएर सरकार ढाल्न तम्सिएको देखिन्छ।’ सञ्चारकर्मीहरु अप्ठयारोमा हुँदा समेत सरकारले स्वतन्त्र पत्रकारिताको मर्ममै प्रहार गरेको महतको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७०५:३७:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend