सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सार्वजनिक यातायात चलाउने बारे गगनले दिए ओलीलाई यस्तो सुझाव

सार्वजनिक यातायात चलाउने बारे गगनले दिए ओलीलाई यस्तो सुझाव

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 6.3K
    SHARES

  • सार्वजनिक यातायात चलाउने बारे गगनले दिए ओलीलाई यस्तो सुझाव

    काठमाडौं - नेपाली काँग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात चलाउने घोषणा गर्नुअघि यसका संचालक र मजदुर,स्वास्थ्य विज्ञ र सरोकारवालासँग छलफल गर्नुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

    उनले स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुपर्ने बताएका हुन् ।

    उनले भनेका छन् - प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर,स्वास्थ्य विज्ञ र सरोकारवाला सँग सामुहिक छलफल गरि व्यवसायीहरू बाँच्न सक्ने,मजदुरले काम गर्नसक्ने,उपभोक्ता मारमा नपर्ने,स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस्।

    कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने सरकारले निर्णय गरिसकेको छ ।

    तर यातायात व्यवसायीहरूले भने सवारी चलाउन नसकिने बताउदै आएका छन् । सरकारले यातायात सञ्चालन गर्न दिने निर्णय गरेको भोलिपल्ट सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले यथास्थितिमा सवारीसाधन चलाउन नसकिने बताएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend