सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देउवाको निर्देशनमा बस्नेतले गरे कांग्रेसको खेलकुद विभाग विस्तार [ नामावलीसहित ]

देउवाको निर्देशनमा बस्नेतले गरे कांग्रेसको खेलकुद विभाग विस्तार [ नामावलीसहित ]

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 14.0K
    SHARES

  • देउवाको निर्देशनमा  बस्नेतले गरे कांग्रेसको खेलकुद विभाग विस्तार [ नामावलीसहित ]

    काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका प्रमुख एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले खेलकुद विभाग विस्तार गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा पूर्वमन्त्री समेत रहेका बस्नेतले शुक्रबार विभागलाई विस्तार गरेका हुन् ।

    विभाग २५ सदस्य बनेको छ । चार महिना अगाडि सभापति देउवाले विभागको सदस्य सचिवमा कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन र उप–प्रमुखमा मोहनकुमार राईलाई मनोनीत गरेका थिए ।

    विभागको सदस्य मनोनीत हुनेहरूमा मणिभुषण यादव (बारा), उपेन्द्र यादव (सिरहा), दीपराज गुरुङ (काठमाडौं), विजेन्द्र हमाल (बाँके), शोभितराज प्रसाइँ (मोरङ), किशोर राई (सुनसरी), लनम चौधरी (झापा), जितबहादुर केसी (दाङ), पंकज नेम्वाङ (झापा), कृष्ण शर्मा (बर्दिया), प्रतिमा शाही (डोटी), र पूर्णसिंह बोहरा (डोटी) नियुक्त भएका छन् ।

    त्यसगरी, सदस्यमा मनोनीत हुनेमा उद्धव खड्का (काठमाडौं), उमेश खड्का (भक्तपुर), राजु कँडेल (नुवाकोट), देवकुमार मानन्धर (स्याङजा), भानु चन्द (कञ्चनपुर), कुवेरप्रकाश सिंह (कैलाली), सिंहबहादुर तामाङ (दोलखा), टपेन्द्र धर्नाल (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), डम्बरबहादुर खड्का (इलाम) र शिव आचार्य (रुकुम) नियुक्त भएका छन् । मनोनीत भएका सबैलाई सभापति देउवाले पत्र दिनेछन् ।

    त्यसपछि विभागले आफ्नो काम अगाडि बढाउनेछ । महिला सदस्यसहित बाँकी रहेका सदस्यहरू पछि नियुक्त गरिने महर्जनले बताएका छन् । ‘सभापति शेरबहादुर देउवाको निर्देशनमा विभाग विस्तार भएको छ’, महर्जनले भने, ‘सभापतिज्यूले हस्ताक्षर गरेर पत्र दिन बाँकी छ ।

    अव विभागले आफ्नो काम अगाडि बढाउँछ ।’ विभागले आफ्नो सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । सदस्य सचिव महर्जनका अनुसार नयाँबानेश्वरमा कार्यालय स्थापना गरिएको छ ।

    nepalicongress.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend