सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

ओली र देउवाको बालुवाटारमा भेटघाट, के भयो कुराकानी ?

ओली र देउवाको बालुवाटारमा भेटघाट, के भयो कुराकानी ?

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 7.9K
    SHARES

  • ओली र देउवाको बालुवाटारमा भेटघाट, के भयो कुराकानी ?
    फाइल तस्वीर

    काठमाडौं - कम्युनिस्ट सरकरका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रमुख विपक्षी दलका नेता एवम् सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । ओलीले शनिबार बिहान देउवासँग बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

    उनीहरूका बीच मुलुकभरि वर्षाका कारण भएको जनधनीको क्षति, उद्धार र राहतका विषयमा कुराकानी भएको थियो । ओली–देउवाबीच कोरोना भाइरसको महामारीबाट जनताको जीउ ज्यान बचाउनेबारेमा पनि कुराकानी भएको ओली निकट स्रोतले जनाएको छ ।

    देउवा र ओलीबीचको सम्वादपछि केन्द्रीय विपत व्यवस्थापन परिषदका बैठक बसेको थियो । प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको परिषदमा प्रमुख विपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ ।

    कोरोना भाइरसको महामारी, बाढीपहिरोको समस्या भइरहेका बेला परिषदको बैठक बसेको छ । सभापति देउवाले बाढीपहिरोबाट पीडितहरूको उद्धार र राहतमा ओलीको ध्यानाकर्षण गराएका छन् ।

    देउवाले कोरोना महामारीबाट जनता समस्यामा परेको भन्दै ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend