सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यी हुन् कोरोना देखाएर मस्त कमाउनेहरु, चौतर्फी उथलपुथल

यी हुन् कोरोना देखाएर मस्त कमाउनेहरु, चौतर्फी उथलपुथल

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 5.6K
    SHARES

  • यी हुन् कोरोना देखाएर मस्त कमाउनेहरु, चौतर्फी उथलपुथल

    काठमाडौं–मुलुकमा कोरोना संक्रमितहरू देखिन थालेपछि सरकारले छुट्टै उपचारको लागि कोरोना अस्पतालहरूको नामै तोकेको सर्वविदितै छ ।

    टेकु अस्पताल, पाटन अस्पताल, धुलिखेल अस्पताल, सशस्त्रको बलम्बुस्थित अस्पताललगायत मुलुकभरका धेरैवटा अस्पताललाई कोरोना उपचार विशेष अस्पताल तोक्नुको कारण बाँकी अस्पतालमा अन्य रोगका बिरामीहरूको उपचार नियमित होओस् भन्ने नै हो ।

    स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमितहरू एकातिर र अरु रोगी अन्तैतिर गर्नुको कारण सुरक्षित उपचारका लागि हो । मुटु,क्यान्सर, कलेजो, मिर्गौलाजस्ता रोगका क्रोनिक बिमारहरूलाई छिट्टै सर्ने र कोरोनाले निकै गाह्रो पार्ने भएकाले पनि त्यसरी छुट्टै अस्पताल तोकिएको हो । तर,यसबीचमा एकाध निजी अस्पतालले लकडाउन अवधिको व्यवसायलाई नै उकास्ने गरी गोरखधन्दा शुरु गरेका छन् ।

    कोरोना रोकथाम तथा उपचारसम्बन्धी सरकारी कार्यविधिअनुसार स्वास्थ्य परीक्षणको क्रममा कोरोना पुष्टि हुनेलाई तत्काल तोकिएको कोरोना अस्पतालमा भर्ना गर्नुपर्छ । तर,त्यहि व्यवस्थाको उल्लंघन गर्दै त्यस्ता अस्पतालले कोरोना पुष्टि भएका बिरामीसँग ‘म अन्त उपचार गर्न जान्नँ, यहिँ उपचार गर्छु’ भन्ने निवेदन भटाभट लिएर पछि लाखौँ रूपैयाँको बील बनाउने गरेका छन् ।

    धुम्बाराहीस्थित ह्याम्स हस्पिटलले पछिल्लो दिन त्यहि धन्दालाई निरन्तरता दिएको बताइन्छ । केही साताअघि अस्पतालमा भर्ना भएका दुई जना बिरामीको त्यसैगरी बील बनाएको थियो । अब केही दिनपछि नेपाल एअरलाइन्सको लागि पनि त्यस्तै बील बनाउने पक्का छ । सोल्टी होटलको क्वारेण्टिनमा राखिएका नेपाल एअरलाईन्सका पाईलट, कोपाईलट र क्रिउ मेम्बर गरी १४ जनालाई संक्रमण पुष्टि भएपछि यतिखेर ह्याम्स हस्पिटलमा सारिएको छ ।

    उनीहरूले सरकारी अस्पतालमा परीक्षण र उपचार नगर्ने बताएपछि सोल्टी होटेलबाट सोझै ह्याम्स लैजानुपरेको नेपाल एअरलाइन्सका अधिकारीहरू बताउँछन् । उक्त हस्पिटलमा यतिखेर जटिल रोगका धेरैजना बिरामी उपचारको निम्ति भर्ना भएका छन् । तर,मोटो रकमको बील बनाउने योजनामा १४ जना पाईलट, कोपाइलट र क्रु मेम्बरलाई भर्ना गरेर आइसोलेसनमा राखिएको छ ।

    केही हप्ताअघि सोही हस्पिटलमा उपचाररत दुईजना बिरामीमा कोरोना देखिएपछि एकजनालाई तोकिएको कोरोना हस्पिटलमा लगिएन । त्यसबाट एकजना डाक्टर र दुईजना नर्स संक्रमित भएका थिए । अब १४ जना संक्रमितलाई आइसोलेसनमा राखेपछि असाध्य रोगका बिरामीसमेत जोखिममा परेका छन् । साथै, तिनको उपचारमा संलग्न अन्य डाक्टर र नर्ससमेत संक्रमणको उच्च जोखिममा रहेका छन् । यी सबै हर्कत् नाफाको लोभमा गरिएको स्रोतको दाबी छ । यस्तो संवेदनशील काम सरकारी निकायको निगरानीमा परेको छैन भने कोरोना रोकथाम र नियन्त्रणसम्बन्धी निर्देशनले पनि समेटेको छैन । उक्त कार्यको लागि ह्याम्सले स्वीकृतिसमेत लिएको देखिन्न। जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७१०:०७:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend