सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीले गरे मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी, पूर्वमाओवादीका बुहारीमन्त्री र गृहमन्त्री बाहेकको जागिर जाँदै

ओलीले गरे मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी, पूर्वमाओवादीका बुहारीमन्त्री र गृहमन्त्री बाहेकको जागिर जाँदै

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 218.5K
    SHARES

  • ओलीले गरे मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी, पूर्वमाओवादीका बुहारीमन्त्री र गृहमन्त्री बाहेकको जागिर जाँदै

    काठमाडौं– नेकपाभित्रको विवाद साम्य नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको पनि तयारी गरेका छन्। ओलीकै नेतृत्वमा सरकार चलाउने र केही मन्त्री हेरफेर गर्ने गरी सहमतिको हुने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर गठन भएको नेकपाले अहिले सरकार चलाइरहेको छ । ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० मन्त्री र तीन राज्यमन्त्री छन्। सञ्चार र सहरी गरी दुईवटा मन्त्रालय रिक्त रहेको छ।सो मन्त्रिपरिषदमा सात जना पूर्वमाओवादी समूहबाट मन्त्री बनाइएको छ । अब मन्त्रिपरिषद् पुनर्गठन हुँदा पूर्वमाओवादीका मन्त्रीहरु पनि परिवर्तन हुने देखिएको छ । जसमा दुई जना मन्त्री ‘ग्रिन जोन’मा बाँकी मन्त्री ‘रेड जोन’मा परेका स्रोतको भनाइ छ ।

    पूर्व माओवादीबाट गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, ऊर्जामन्त्री वर्षमान पुन, उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगरले ओली सरकारमा प्रतिनिधित्व जनाइरहेका छन् । खानेपानी मन्त्री बिना प्रचण्डकी बुहारी पनि हुन् ।

    यसअघि कार्य सम्पादन मुल्यांकनमा कमजोर नम्बर पाएकी प्रचण्ड बुहारी बिना र गृहमन्त्री बादल ‘ग्रिन जोन’मा परेको र बाँकी रेड जोनमा परेको स्रोतको दाबी छ । बिना प्रचण्डकी बुहारी भएका कारण र बादल ओलीनिकटका नेता तथा गृहमन्त्री परिवर्तन गर्दा शान्ति सुरक्षा कायम गर्नेदेखि विभिन्न विषयमा असर गर्ने भएकाले उनलाई निरन्तरता दिनुपर्नेमा ओली–प्रचण्ड करिब करिब सहमत भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७१०:०३:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend