आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सेती नदी उर्लियाे, शुक्लागण्डकीका ४३ घरपरिवारलाई सारियो

सेती नदी उर्लियाे, शुक्लागण्डकीका ४३ घरपरिवारलाई सारियो

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 4.5K
    SHARES

  • सेती नदी उर्लियाे,  शुक्लागण्डकीका ४३ घरपरिवारलाई सारियो

    काठमाडौं -बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सेतीनदी उर्लिएपछि किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

    सेती नदीमा पानीको बहाव एक्कासि बढेपछि शुक्लागण्डकी नगरपालिका(४ का २८ र शुक्लागण्डकी नगरपालिका(८ का १५ घरपरिवार गरी ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

    असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, नेपाली सेना, नगरपालिका, स्थानीयवासी सक्रिय रुपमा लागेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। पानी परिरहेकोले उनीहरुलाई सुरक्षित स्थानमा लैजान समेत कठिनाइ भएको छ। उनले भने, 'हालसम्म कुनै क्षति नभए पनि जोखिम भने उत्तिकै बढ्दै गएको छ।'


    शुक्लागण्डकी ४ र ८ जोड्ने काठेपुलभन्दा पनि काठेपुलदेखि केही दूरी तल रहेको पुल्चोकस्थित पक्की पुललाई खतरा हुने देखिएको शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले जानकारी दिए। शुक्रबार बिहान अविरल वर्षात् परिरहेकाले सेतीनदीले काठेपुल नाघेर गएको छ। उनले भने, 'केही समय वर्षात् लम्बिँदै गयो भने खतरा बढ्न सक्ने देखिएको छ।'

    पछिल्लो विवरणअनुसार शुक्लागण्डकी नगरपालिका(४ का असुरक्षित रहेका बासिन्दालाई मगर समाज गुरुङ समाज र राधाकृष्ण मन्दिर आसपास क्षेत्रमा स्थानान्तरण गरिएको छ। त्यसैगरी शुक्लागण्डकी ८ का बासिन्दालाई तिब्बती क्याम्पमा स्थानन्तरण गरिएको शुक्लाण्डकी(८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। अहिलेसम्म कुनै पनि मानवीय क्षति नभए पनि स्थानीयको बङ्गुर र कुखुरा बगाएको छ।


    वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पर्ने ७२ किलोमिटर दूरीमा भने अहिलेसम्म कुनै अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। जिल्लाको पूर्वी सिमना मुग्लिन र पश्चिम सिमना कोत्रे क्षेत्रसम्म राजमार्ग सुचारु रहेको उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७०९:४३:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend