काठमाडौं - जल तथा मौसम पूर्वानुमान माहाशाखाले अझैं तीन दिन लगातार वर्षा हुने बताएको छ । हाल देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । यतिबेला कञ्चनपुर, बैतडी डडेल्धुरा, दाङ, चितवन, हेटौंडा, प्रदेश २ का अधिकांश स्थान, पूर्व विराटनगर, इलाम, धनकुटालगायत क्षेत्रमा पानी परिरहेको छ ।
दिउँसो अझ बढेर देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमस वर्षाको सम्भावना रहेको छ । प्रदेश १ २ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आइतबार साँझदेखि भने गण्डकी प्रदेशदेखि पश्चिमका क्षेत्रमा वर्षाको मात्रा केही घट्ने तर गण्डकीदेखि पूर्वका क्षेत्रमा वर्षा अझ बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । वर्षाका कारण बाढी पहिरोका समस्या देखिइ रहेको कारण जोखिम पूर्ण क्षेत्रमा होसियार भएर बस्न मौसमविद्ले आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।