सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पीसीआर परीक्षण शुल्क अत्यधिक महँगो

पीसीआर परीक्षण शुल्क अत्यधिक महँगो

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 7.7K
    SHARES

  • पीसीआर परीक्षण शुल्क अत्यधिक महँगो

    काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पहिचानका लागि गरिने पीसीआर परीक्षणको शुल्य धेरै महँगो निर्धारण गरेको पाइएको छ । पीसीआर गर्न चाहिने सामानको बजार मूल्य, बत्ती, पानी, कर्मचारीको पारिश्रमिक जोड्दा पनि सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ शुल्क बढी हुन्छ । सरकारले पछिल्लो समय टेन्डरमार्फत खरिद गरेको पीसीआर किट, आरएनए एक्स्ट्र्याक्टर तथा भीटीएमको मूल्यलाई नै आधार मानेर हिसाब गर्दा अहिलेको शुल्क दोब्बर छ ।

    स्वास्थ्य सेवा विभागले १ लाख ५० हजार पीसीआर किट तथा आरएनए एक्स्ट्र्याक्टर तथा १ लाख ७० हजार थान भीटीएमका लागि आह्वान गरेको टेन्डरमा विभिन्न कम्पनीले कबुल गरेको मूल्यलाई नै आधार मान्ने हो भने एउटा पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँभन्दा बढी पर्दैन । उक्त मूल्यमा अन्य व्यवस्थापकीय खर्च समावेश गर्दासमेत एउटा परीक्षणको तीन हजार रुपैयाँभन्दा बढी नपर्ने देखिन्छ । विश्व बजारमा विभिन्न कम्पनीले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट, आरएनए एक्स्ट्र्याक्टर तथा भीटीएम उत्पादन गर्न थालेसँगै मूल्यमा गिरावट आएको छ । ‘सरकारले निर्धारण गरेको ५ हजार ५ सय रुपैयाँ शुल्क देशमा भर्खर कोरोना देखिएका बेला त ठीकै हो । अहिले धेरै भयो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले भने, ‘यस्तो बेला नाफा राखेर शुल्क निर्धारण गर्नु ठीक होइन ।’

    विभागले जेठ ११ मा निकालेको बोलपत्रमा १४ वटा सप्लायर्सले आवेदन दिएकामा पीसीआर रिएजेन्टको मूल्य सबैभन्दा बढी चीनको ‘दा एन जिन’ ले १ हजार ४ सय ८० रुपैयाँ प्रस्ताव गरेको छ भने सबैभन्दा कम ‘सांघाई जेडएल बायोटेक’ ले ८ सय रुपैयाँ राखेको छ । यस्तै आरएनए एक्स्ट्र्याक्सनमा सबैभन्दा बढी मूल्य ‘सांघाई जेडएल बायोटेक’ कम्पनीको ४ सय रुपैयाॅँ छ भने सबैभन्दा कम चीनकै ‘हुनान रुनमेई जिन’ ले उत्पादन गरेको आरएनए एक्स्ट्र्याक्सनको मूल्य १ सय ९५ रुपैयाँ छ । याे खबर कान्तिपुर दैनिकमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७०७:२४:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend