काठमाडौं - पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबारे गलत, भ्रामक दुष्प्रचार गरेपछि भारतीय टिभि च्यानल प्रशारणमा रोक लगाइएको छ । रोक लगाइएका मध्ये जी न्युज पनि पर्छ ।
नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाहरुले नेपालको खुलेर विरोध गर्दै आएका थिए । यसबीच बिहीबार नेपालमा भारतीय च्यानलहरुलाई बन्द गर्ने निर्णय गरिएपछि बिहीबार भारतीय टेलिभिजन च्यान जी–न्युजका प्रधानसम्पादक सुधीरकुमार चौधरीले नेपालबारे विवादित ट्विट गरेका थिए।
उनले नेपालीहरु भारतीय टेलिभिजका प्रस्तोताहरुसँग डाराएको र सेना त चाहिँदै नचाहिने भन्दै ट्विट गरेका थिए । उनले ट्विटमा लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलाई ब्लक गरिदिएको छ। यो देश त भारतका न्युज च्यानलका प्रस्तोताहरुसँगै डरायो । सेना त अघि सर्नै परेन।’

त्यसपछि उनले अर्काे ट्विट गर्दै ‘मेरो यो ट्विटले नेपालका हाम्रा दर्शकहरूलाई चोट पुर्याएको छ। यहाँ भारतमा पनि धेरैले मलै लेखेको विचार सही नभएको प्रतिक्रिया दिए। नेपालमा भारतीय च्यानल रोक लगाएको खबर आइसकेपछि मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया व्यक्त गरेको हुन सक्छु। यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुऱ्याउन होइन। त्यसैले दुःख व्यक्त गर्दै यो ट्विट हटाउँदै छु’, भनेका छन् । यसपछि उनले पहिलो ट्विट हटाएका हुन्।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।