आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उडिरहेको विमानभित्रै ४२ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

उडिरहेको विमानभित्रै ४२ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 5.0K
    SHARES

  • उडिरहेको विमानभित्रै ४२ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

    उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन्। टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन्।

    जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडी नै सुत्केरी भएको जनाइएको छ। बच्चा जन्माएकी महिला र दुबै बच्चाहरुलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले जानकारी दिए।

    विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए। कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरु चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए।

    ती महिलासँगै मंगोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मंगोलियाको यात्रामा रहेका थिए। सिन्ह्वा

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०५:२२:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend