सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बाढी पहिरो प्रभावित ठाँउमा उद्धार र राहतमा खट्न तरुण दलले जारी गर्यो सर्कुलर

बाढी पहिरो प्रभावित ठाँउमा उद्धार र राहतमा खट्न तरुण दलले जारी गर्यो सर्कुलर

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 5.5K
    SHARES

  • बाढी पहिरो प्रभावित ठाँउमा उद्धार र राहतमा खट्न तरुण दलले जारी गर्यो सर्कुलर

    काठमाडौं– नेपाल तरुण दलले अविरल वर्षा भई बाढी पहिरोको कारण केही दिन देखि सिन्धुपाल्चोक, म्याग्दी, बझाङ, कास्की लगायत देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति व्यहोरीसकेको भन्दै उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष जितजंग बस्नेतले शुक्रबार जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेर राहत र उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

    ‘जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन लगातार वर्षा हुने पुर्वानुमान गरिएको छ’, परिपत्रमा भनिएको छ, ‘यस्तो समयमा खोला, नदी, नालाहरूमा पानीको बहाव बढ्ने र र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ ।’

    ‘त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

    ‘यस्तो विपदको बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरू एवं मातृपार्टी र अन्य भ्रातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ’, परिपत्रमा उल्लेख छ ।

    सिन्धुपाल्चोक, कास्की, म्याग्दी, जाजरकोट, लमजुङसहितका जिल्लामा बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएका बेला तरुण अध्यक्ष बस्नेतले परिपत्र जारी गरेर राहत र उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०३:५५:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend