आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सगरमाथाको चुचुरोमा चिनियाँ दाबी

सगरमाथाको चुचुरोमा चिनियाँ दाबी

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 4.6K
    SHARES

  • सगरमाथाको चुचुरोमा चिनियाँ दाबी

    काठमाडौँ- पछिल्लो समय चीनले हिमालय हटस्पटहरुमा अतिक्रमण जारी राखेको छ । भारतसँगको सीमा क्षेत्रमा आँखा गाडिरहेको चीनले नेपालमाथि पनि आफ्नो हस्तक्षेप कायम गरेको छ ।

    यही क्रममा चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा आफ्नो दाबी गरिरहेको छ । विश्वको सर्वोच्च शिखर नेपालमा पर्छ भन्‍ने सर्वव्यापी मान्यता र विभिन्‍न प्रमाणहरु भए पनि चीनले भने सगरमाथाको शिखरलाई सीमा भनेर बताइरहेको छ ।

    सगरमाथालाई तिब्बततर्फ चोमोलोङ्‍मा भनिए पनि नेपालतर्फको भागलाई भने सगमाथा नै भन्‍ने गरिन्थ्यो । तर, नेपालतर्फको रहेको सगरमाथालाई पनि चीनले चोमोलोङ्‌मा नामाकरण गरेको छ ।

    यसअघि चीनले सगरमाथाको चुचुरोमा पुगेर उचाई मापन गर्नुका साथै ५जी स्थापना समेत गरेको छ । जून १५ मा भारतमाथि आक्रमण गरेको चीनले पछिल्ल समय जीपीएस नै परिवर्तन गरेर भारत र नेपालको सीमामा आफ्नो दाबी कायम गरिरहेको छ ।

    चीनले नेपाल-चीन र भारत-चीन सीमा क्षेत्रमा सैन्य संरचनाहरु बनाउनुका साथै सैन्य उपस्थितिसमेत बढाइरहेको छ । नेपालको सगरमाथामा चीनले आफ्नो दाबी गरिरहँदा पनि नेपालका राजनीतिज्ञ र सरकार सञ्‍चालकहरु भने सत्ता खेलमा व्यस्त छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७१२:४३:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend