आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बन्दे भारत मिसनअन्तर्गत एक लाख २५ हजारभन्दा बढी भारतीय स्वदेश फर्किए

बन्दे भारत मिसनअन्तर्गत एक लाख २५ हजारभन्दा बढी भारतीय स्वदेश फर्किए

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 4.6K
    SHARES

  • बन्दे भारत मिसनअन्तर्गत एक लाख २५ हजारभन्दा बढी भारतीय स्वदेश फर्किए

    काठमाडौँ- विश्‍वव्यापी कोरोना महामारीका कारण विभिन्‍न मुलुकमा अलपत्र परेका भारतीयहरु स्वेद फर्किएका छन् । भारतीय नागरिक उडड्यन मन्त्री हरदीप सिंहका अनुसार बन्दे भारत मिसन अन्तर्गत एक लाख २५ हजारभन्दा बढी भारतीयलाई विभिन्‍न मुलुकबाट उद्धार गरेर स्वदेश फर्काइएको जानकारी दिएका छन् ।

    "बन्दे भारत मिसन विदेशमा अलपत्र परेका भारतीयहरुका लागि आशा र खसीको अभियान बनेको छ । बन्दे भारत मिसनको उद्धार उडानमार्फत एक लाख २५ हजारभन्दा बढी भारतीयहरु स्वदेश फर्किएका छन् ।

    त्यसैगरी भातरबाट करिब ४३ हजार विदेशीहरु फर्किएका छन्," मन्त्री पुरीले भने । भारतले सरकारले ६ मेमा बन्दे भारत मिसन सुरु गरेको थियो । जसको उद्देश्य विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउने रहेको थियो ।

    २३ मार्चदेखि भारतमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । मिसनको चौथो चरणअन्तर्गत जुलाई ४ देखि १५ सम्म तोकिएको छ । जसअन्तर्गत १७० उडान हुने बताइएको छ ।

    ती उडानहरु क्यानडा, अमेरिका, बेलायत, केन्या, श्रीलंका, फिलिपिन्स, क्रिगिस्तान र साउदी अरब, बंगलादेश, थाइल्यान्ड, रुस, दक्षिण अफ्रिका, म्यानमार, जापान, युक्रेन र भियतनाममा हुने एयर इन्डियाले जनाएको छ ।

    जसमा ३८ उडानहरु भारत-बेलायत र ३२ वटा उडानहरु भारत-अमेरिका हुने जनाइएको छ । त्यसैगरी २६ वटा उडानहरु भारत-साउदी अरब हुने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७१२:४१:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend