आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यसरी मारिए आठप्रहरीको हत्या गर्ने विकास दुवे, भारतभर खैलाबैला

यसरी मारिए आठप्रहरीको हत्या गर्ने विकास दुवे, भारतभर खैलाबैला

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 7.4K
    SHARES

  • यसरी मारिए आठप्रहरीको हत्या गर्ने विकास दुवे, भारतभर खैलाबैला

    काठमाडौं–भारत कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्या घटनाकाम मुख्य अभियुक्त विकास दुबे अन्ततः शुक्रबार बिहानै मारिएका छन्।

    उनलाई उत्तर प्रदेश लिएर जाँदै गरेको प्रहरीको गाडी बीच बाटामै पल्टिएको र त्यस क्रममा उनी भाग्ने प्रयास गर्दा प्रहरीले गोली हानेको हो। भारतीय प्रहरीले यसलाई ‘मुठभेड’ भनेको छ।

    उनी भागेपछि प्रहरी गोली चलाउन बाध्य भएको र त्यस क्रममा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कानपुर रेन्जका काआईजी मोहित अग्रवालले समाचार एजेन्सी पीटीआईसँग विकास दुबे मारिएको पुष्टि गरेका छन्।

    एक प्रहरी अधिकारीका अनुसार शुक्रबार बिहानै अभियुक्त दुबेलाई उत्तर प्रदेशको स्पेसल टास्क फोर्सले उज्जैन सडक भएर कानपुर लाँदै थियो। तर कानपुर नजिकै पुगेका बेला गाडी अचानक सडकमा पल्टियो।

    त्यसपछि केही प्रहरी घाइते भए र त्यही मौकामा दुबेले उनीहरूको पेस्तोल खोसेर भाग्ने प्रयास गरे। त्यसपछि प्रहरीले दुबेलाई घेरा हाले र आत्मसमर्पण गर्न भने। तर उनले गोली चलाउन थाले। त्यस क्रममा प्रहरीले पनि जवाफी फायरिङ गर्दा गोली लागेर दुबे घाइते भए। प्रहरीका अनुसार अस्पताल लाँदै गर्दा दुबेलाई डाक्टरले मृत घोषित गर्यो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०९:२८:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend