काठमाडौं–सत्तारुढ नेकपाको विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने औपचारिक प्रस्ताव स्थायी समिति बैठकमा पेस गर्ने तयारी भएको छ।
पटकपटक स्थगित गरिएको बैठक शुक्रबार बोलाइएको छ। शुक्रबार बिहानसम्म कुनै समझदारी विकास भएन भने ओलीले एक पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव पेस हुने स्रोतको दाबी छ।
यसलाई ओलीले नटेरे विधानअनुसार पार्टीले निर्णय गर्ने प्रचण्ड–नेपाल समुहको तयारी छ। पछिल्ला दिन ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटमा कुरा सुन्ने र सुनाउने मात्र काम भएको भन्दै एक नेताले अब बस्ने स्थायी समिति बैठकले निकास दिनैपर्ने बताए।
स्थायी समिति बैठकमा राजीनामा माग भएपछि ओलीले पार्टी विभाजित हुने चेतावनी समेत दिएका थिए। यदि राजीनामा दिनुपर्ने पेस भएमा ओली पक्षको रणनीति कस्तो हुन्छ भन्ने प्रष्ट छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।